Sunday, July 12, 2015

नेपाल र आयरल्यान्ड बिच आज खेल हुने

काठमाडौं, असार २८ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा सोमबार आयोजक आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार बेलुका सात बजेपछि आयरल्याण्डको बेलफस्टमा हुनेछ । समुह एमा रहेका नेपाल र आयरल्याण्ड दुवै सोमबारको खेलमा जित निकाल्दै आफूलाई समुहको शीर्ष स्थानमा राख्ने दाउका साथ मैदान उत्रने छन् ।
दुई खेलबाट ४ अंक जोडेको आयरल्याण्ड अहिले समुहको शीर्ष स्थानमा छ भने दुई खेलबाट ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । आयरल्याण्डले आइतबार भएको दोस्रो खेलमा अमेरिकालाई ४६ रनले हराउँदै पहिलो स्थानमा उक्लिएको हो । आयरल्याण्डले पहिलो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो । नेपालले भने पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबियासँगको दोस्रो खेल वर्षाका कारण प्रभावित भएपछि नेपालले नामिबियासँग अंक बाँडेको थियो ।
#स्रोत :- उज्यालो

No comments:

Post a Comment