Sunday, July 19, 2015

पुरानकोट भिरखण्डमा बम ब्लास्ट गरेर मोटर बाटो बनाईँदै, पुरानकोटबाट बाग्लुङपानी जोड्ने लक्ष्य

लमजुङ (लमजुङ्ग खबर)
बेसीशहरबाट पाउँदी, सत्रसय दुराडाँडा, बाख्रेजगत
पुरानकोट हुँदै बाग्लुङपानी घलेगाउँ भुजुङ हरित
सडकको पुरानकोट खण्डमा बम ब्लास्ट भईरहेको छ ।
उक्त सडकको निर्माण कार्य पुरानकोट
भिरखण्डमा पुगेर रोकिएपछि बम पड्काएर सडक
बनाउन लागिएको हो । बम ब्लास्ट गर्नका लागी
जिल्ला विकास समिति लमजुङले गत आर्थिक बर्ष
नै १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर
सुरक्षा समितिको निर्णय हुँदै गृहमन्त्रालयबाट बम
पड्काउन अनुमति दिन लामो प्रक्रिया पुरा गर्नुपर्ने
भएकाले ढिलाई भएको उपभोक्ता समितिले
जनाएको छ ।
बम पड्काउनका लागी नेपाली सेनाको पशुपति
प्रसाद गणले व्यवस्था मिलाएको छ । बेसीशहरबाट
पुरानकोटको बाटो हुँदै सिन्दुरे र बाग्लुङपानी
जोडिएपछि दुराडाँडा क्षेत्रको पर्यटकिय
विकासमा समेत टेवा पुग्ने स्थानियबासीले
बताएका छन् । भिरखण्डमा बम पड्काएर बाटो
खुलाउन नपुग बजेट जिविसले आगामी बर्ष उपलब्ध
गराउने प्रतिवद्धता जनाएको उपभोक्ता
समितिका अध्यक्ष बिर्खराज गुरुङले बताउनुभयो ।
यसै आर्थिक बर्षमा सोही सडकमा क्षेत्र नम्बर
दुईको निर्वाचन क्षेत्र पुर्वाधार विशेष
कार्यक्रमबाट आठ लाख र जिविसकै सात लाख गरी
१५ लाख रुपैयाँ खर्च गरेर भिरखण्ड भन्दा अन्य
स्थानमा ट्रयाक खोल्ने र मर्मत सुधारको काम
गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।
उक्त सडक निर्माण पुरा भएपछि बेसीशहरबाट
पुरानकोट हुँदै बाग्लुङपानी पुगेर घलेगाउँ एवं भुजुङ
जाने पर्यटक तथा यात्रुलाई सुविधा पुग्ने बताईएको
छ ।

No comments:

Post a Comment