Thursday, July 23, 2015

लम्जुङ्ग मा बिकास बजेट १५ करोड ४६ लाख रुपैयाँ फ्रिज

लम्जुङ्ग, साउन (लम्जुङ्ग खबर)
भर्खरै सकिएको आर्थिक बर्ष २०७१÷०७२ मा लमजुङको विकास निर्माण लगायतका क्षेत्रमा आएको कुल बजेटबाट १५ करोड ४६ लाख रुपैयाँ फ्रिज भएको छ । बैशाख १२ गते गएको महाभुकम्पले बजेट खर्च तथा विकास निर्माणका काम तिब्र पार्न नसक्दा यत्तिका रकम फ्रिज भएको कार्यालयहरुले जनाएको छ । गत आर्र्थिक बर्ष लमजुङको विकास र समृद्धीका लागी दुई अर्ब ३८ करोड, ९५ लाख ५३ हजार रुपैयाँ बजेट आएको थियो ।
लमजुङमा रहेका सबै सरकारी कार्यालयमा गत बर्ष पुँजीगत तर्फ ३० करोड २८ लाख २९ हजार रुपैयाँ बजेट आएकोमा ८ करोड ४६ लाख रुपैयाँ फ्रिज भएको छ । जिल्लाको विकास निर्माण लगायत आम नागरिकले प्रत्यक्ष सेवा पाउने पुँजिगत खर्चबाट एक तिहाई बढी बजेट फ्रिज भएको हो । फ्रिज भएको रकम जिल्लाको मोटरबाटो लगायत पुर्वाधार विकासका रहेका छन् ।
यस्तै चालु तर्फ लमजुङमा गत आर्थिक बर्ष दुई अर्ब, ८ करोड ६७ लाख २४ हजार रुपैयाँ बजेट आएको थियो । उक्त बजेट जिल्लामा अनुदान तर्फका र सरकारी कार्यालयका निमित कार्यालय संचालन, कर्मचारीको तलब भत्ता लगायतमा खर्च हुने गर्छ । चालु तर्फको बजेटबाट सात करोड रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । फ्रिज भएको रकम दरबन्दी भएर पनि खाली रहेका कर्मचारीको तलब भत्ता, कार्यालय संचालनमा बाँकी रहेका रकम र सरकारले कार्यालयहरुमा पठाएको अनुदान तर्फका रकम रहेका छन् ।
लमजुङमा रहेका ३० वटा सरकारी कार्यालयबाट बर्षेनी करोडौँ रुपैँया विकास बजेट फ्रिज हुने गर्छ । पुर्वाधार विकासमा आएको बजेट कार्यान्वयन गर्न उपभोक्ता समितिमा हुने ढिलाई र राजनितिक दलहरुको विबादले आर्थिक बर्षको अन्त्यमा काम गर्नुपर्ने बाध्यता रहेको छ । जसका कारण जिल्लामा आएको बजेट उपलब्धीमुलक रुपमा खर्च हुन सकेको छैन ।
अघिल्ला आर्थिक बर्षहरुमा भन्दा यसबर्ष दोब्बर बजेट फ्रिज भएको बताईएको छ । बैशाख १२ गतेको भुकम्पका कारण बजेट धेरै बजेट फ्रिज भएको सरकारी कार्यालयका प्रमुखहरुको दाबी छ । तर गत बर्षको साउन देखि नै गर्नुपर्ने काम आर्थिक बर्षको अन्त्यमा आएर कार्यान्वयनमा जाँदा पुर्वाधार निर्माण उपलब्धीमुलक हुन नसक्ने र कागजमा मात्र सिमित हुने सर्वसाधरणको भनाई रहेको छ ।
स्रोत:- रेडियो मर्स्याङ्दी

Monday, July 20, 2015

हिन्दु राज्य माग गर्ने पक्राउ

दार्चुला, साउन ४ – संविधानको
मस्यौदामाथि सुझाव दिने कार्यक्रममा
हिन्दु राष्ट्रको माग गर्दै सहभागी हुन खोज्ने
१० जनालाई प्रहरीले पक्रेको छ । राप्रपा
नेपालका जिल्ला अध्यक्ष वीरसिंह बडाल,
अखण्ड नेपालका केन्द्रीय सदस्य रघुवीरसिंह
ठगुन्ना र राष्ट्रिय शिवसेना पार्टीका
जिल्ला अध्यक्ष रामसिंह कार्कीलगायत १०
जनालाई प्रहरीले पक्रेको हो ।
सुझाव संकलन कार्यक्रममा हुनसक्ने
नाराबाजी र विरोधलाई मध्यनजर गर्दै
उनीहरुलाई पक्राउ गरिएको प्रहरीले
जनाएको छ । कार्यक्रमस्थल सदरमुकाम
खलंगाको खुलामञ्च नजिकैबाट नियन्त्रणमा
लिइएकाहरुलाई सुझाव संकलन कार्यक्रम
सकिएपछि छाड्ने प्रहरीले जनाएको छ ।
स्रोत:- उज्यालो ९० नेटवर्क

Sunday, July 19, 2015

पुरानकोट भिरखण्डमा बम ब्लास्ट गरेर मोटर बाटो बनाईँदै, पुरानकोटबाट बाग्लुङपानी जोड्ने लक्ष्य

लमजुङ (लमजुङ्ग खबर)
बेसीशहरबाट पाउँदी, सत्रसय दुराडाँडा, बाख्रेजगत
पुरानकोट हुँदै बाग्लुङपानी घलेगाउँ भुजुङ हरित
सडकको पुरानकोट खण्डमा बम ब्लास्ट भईरहेको छ ।
उक्त सडकको निर्माण कार्य पुरानकोट
भिरखण्डमा पुगेर रोकिएपछि बम पड्काएर सडक
बनाउन लागिएको हो । बम ब्लास्ट गर्नका लागी
जिल्ला विकास समिति लमजुङले गत आर्थिक बर्ष
नै १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर
सुरक्षा समितिको निर्णय हुँदै गृहमन्त्रालयबाट बम
पड्काउन अनुमति दिन लामो प्रक्रिया पुरा गर्नुपर्ने
भएकाले ढिलाई भएको उपभोक्ता समितिले
जनाएको छ ।
बम पड्काउनका लागी नेपाली सेनाको पशुपति
प्रसाद गणले व्यवस्था मिलाएको छ । बेसीशहरबाट
पुरानकोटको बाटो हुँदै सिन्दुरे र बाग्लुङपानी
जोडिएपछि दुराडाँडा क्षेत्रको पर्यटकिय
विकासमा समेत टेवा पुग्ने स्थानियबासीले
बताएका छन् । भिरखण्डमा बम पड्काएर बाटो
खुलाउन नपुग बजेट जिविसले आगामी बर्ष उपलब्ध
गराउने प्रतिवद्धता जनाएको उपभोक्ता
समितिका अध्यक्ष बिर्खराज गुरुङले बताउनुभयो ।
यसै आर्थिक बर्षमा सोही सडकमा क्षेत्र नम्बर
दुईको निर्वाचन क्षेत्र पुर्वाधार विशेष
कार्यक्रमबाट आठ लाख र जिविसकै सात लाख गरी
१५ लाख रुपैयाँ खर्च गरेर भिरखण्ड भन्दा अन्य
स्थानमा ट्रयाक खोल्ने र मर्मत सुधारको काम
गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।
उक्त सडक निर्माण पुरा भएपछि बेसीशहरबाट
पुरानकोट हुँदै बाग्लुङपानी पुगेर घलेगाउँ एवं भुजुङ
जाने पर्यटक तथा यात्रुलाई सुविधा पुग्ने बताईएको
छ ।

Thursday, July 16, 2015

गर वा मर को सङ्घारमा नेपाल

काठमाडौं- लगातार दुई खेलमा खराब प्रदर्शन गरेको नेपाली क्रिकेट
टोलीले विश्व ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगितामा
शुक्रबार पपुवा न्युगिनी (पिएनजी) को सामना गर्नेछ।
अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुने
लक्ष्यसाथ आयरल्यान्ड पुगेको नेपालले चारमध्ये एक खेल जित्दै ३ अंकसाथ
समूह 'ए' को पाँचौं स्थानमा छ।
प्रतियोगितामा अघि बढ्न नेपाललाई बाँकी खेल जित्नैपर्ने दबाव छ।
पिएनजी र जर्सीसँग हुने खेल डब्लिनमा हुनेछ।
यसअघिका खेल सबै खेल नेपालले बेलफास्टमा खेलेको थियो।
तीनमध्ये दुईमा जित निकालेको पिएनजी ५ अंक लिएर
दोस्रो स्थानमा छ।
अमेरिकालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको
नेपालको दोस्रो खेल वर्षाले रोकिएपछि नामिबियासँग अंक बाँड्नुपरेको थियो। तेस्रो
खेलमा सहआयोजक आयरल्यान्डका बलरसामु नेपाली ब्याट्सम्यान
निरीह बन्दा टोलीले लज्जास्पद हार बेहोरेको थियो।
आयरल्यान्डसँग टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अहिलेसम्मकै कम
स्कोरमा समेटियो। नेपालले १४.३ ओभरमा ५३ रनमा जोड्यो। जवाफमा घरेलु
टोलीले ८ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
आयरल्यान्डसँगको खराब ब्याटिङले हङकङविरुद्धको खेलमा पनि निरन्तरता
पाउँदा नेपालको विश्वकप छनोट यात्रा कठिन मोडमा पुगेको हो। अग्रपंक्तिका
ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानले
नेपालको इनिङ उकास्ने प्रयत्न गरेका थिए। तर, त्यो जितका लागि पर्याप्त
भएन। नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले ५ विकेटमा ५
बलअघि पूरा गरेको थियो।
अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा नेपाल र पिएनजीको
खेल बराबरीको स्थितिमा छ। दुईमध्ये नेपालले एकमा जित र एकमा
हार सामना गरेको छ।
युएईमा भएको २०१२ को ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल ३५
रनले पराजित भएको थियो। २०१३ मा युएईमै भएको छनोट प्रतियोगितामा
पिएनजीलाई ७ विकेटले हराएको नेपालले प्रतियोगितामा तेस्रो हुँदै
विश्वकपका लागि बंगलादेश यात्रा तय गरेको थियो। उक्त खेलमा अविजित ५१ रन
बनाएर नायक बनेका विनोद भण्डारी जारी प्रतियोगितामा
टोलीमा पर्न संघर्ष गरिरहेका छन् भने ३८ रन प्रहार गरेका
सुवास खकुरेलको हालत पनि त्यो भन्दा माथिको छैन। त्यस्तै उक्त खेलमा
तीन विकेट लिएका कप्तान पारस खड्काले प्रतियोगितामा अहिलेसम्म
एक विकेटमात्र लिएका छन्।
बुधबारै प्रतियोगिताकै प्रमुख दाबेदार मानिएको आयोजक आयरल्यान्डलाई २
विकेटले हराउँदै पिएनजीले आफ्नो दरिलो उपस्थिति देखाइसकेको छ।
त्यसअघि हङकङविरुद्धको खेल वर्षाले प्रभावित भएर अंक बाँडे पनि
पिएनजीले जर्सीलाई २४ रनले हराएको थियो।
जारी प्रतियोगितामा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले
सबैभन्दा धेरै ५४ र शरद भेषावकरले ३५ रन बनाएका छन्। बलिङतर्फ भने
नेपाल स्पिनरकै भर पर्नुपरेको छ। अनुभवी बलर वसन्त
रेग्मीले ७ विकेट लिइसकेका छन् भने शक्ति गौचनको नाममा
तीन विकेट छ। त्यस्तै तीब्र गतिका सोमपाल
कामीले ५ विकेट लिएका छन्।

स्रोत:- नागरिक न्युज

Sunday, July 12, 2015

नेपाल र आयरल्यान्ड बिच आज खेल हुने

काठमाडौं, असार २८ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा सोमबार आयोजक आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार बेलुका सात बजेपछि आयरल्याण्डको बेलफस्टमा हुनेछ । समुह एमा रहेका नेपाल र आयरल्याण्ड दुवै सोमबारको खेलमा जित निकाल्दै आफूलाई समुहको शीर्ष स्थानमा राख्ने दाउका साथ मैदान उत्रने छन् ।
दुई खेलबाट ४ अंक जोडेको आयरल्याण्ड अहिले समुहको शीर्ष स्थानमा छ भने दुई खेलबाट ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । आयरल्याण्डले आइतबार भएको दोस्रो खेलमा अमेरिकालाई ४६ रनले हराउँदै पहिलो स्थानमा उक्लिएको हो । आयरल्याण्डले पहिलो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो । नेपालले भने पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबियासँगको दोस्रो खेल वर्षाका कारण प्रभावित भएपछि नेपालले नामिबियासँग अंक बाँडेको थियो ।
#स्रोत :- उज्यालो

वाणिज्य बैंकको बेशिसहर शाखाबाट दिउँसै ५० हजार रुपैयाँ लुटियो

असार–२७, लमजुङ ।
लमजुङस्थितराष्ट्रिय वाणिज्य बैंकको बेशिसहर शाखाबाट दिउँसै ५० हजार रुपैयाँ लुटिएको छ। बैंकबाट रकम झिक्न आएका मेघनाथ घिमिरेको साथबाट ५० हजार रुपैया लुटिएको हो। साही जिल्लाको श्रीमञ्ज्याङ गाविसका सचिव रहका घिमिरे बैंक कक्षबाटै लुटिएको जनाइएको छ ।
लुटेराहरु फरार रहेकाले खोजी कार्य भइरहेको
प्रहरीले जनाएको छ ।
      ~~लमजुङ्ग खबर

Friday, July 10, 2015

ट्वेन्टी–ट्वेन्टी विश्वकपको छनोट प्रतियोगिताकाे अाफ्नाे पहिलाे खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित

काठमाडौं, असार २५ - ट्वेन्टी–ट्वेन्टी विश्वकपको
छनोट प्रतियोगिताकाे अाफ्नाे पहिलाे खेलमा नेपालले अमेरिकालाई ६ विकेटले
हराएको छ । नेपालले जितका लागि २० ओभरमा १ सय २२ रनकाे लक्ष्य
पाएकाे थियो । नेपालले १९ ओभर ४ बल खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य पूरा
गर्यो । नेपालका जितमा ज्ञानेन्द्र मल्लले ५२ रन र अनिल मण्डलले २९
रनको याेगदान गरे । टस जितेर पहिले ब्याटिङ्ग गरेकाे अमेरिकाले
निर्धारीत २० अाेभरमा अल अाउट हुँदै १ सय २१ रन बनायाे ।
अमेरिकालाई कम याेगफलमा समेट्नका लागि शक्ति गाैचन र बसन्त रेग्मिले समान
३-३ विकेट लिए । साेमपाल कामीले २ र सागर पुनले १ विकेट लिदाँ
एक जना ब्याट्सम्यान रन अाउट भए ।
अमेरिकालाई झिनाे याेगफलमा समेट्नका लागि शक्ति गाैचन र बसन्त रेग्मिले समान
३३ विकेट लिए । साेमपाल कामीले २ र सागर पुनले १ विकेट लिदाँ एक
जना ब्याट्सम्यान रन अाउट भए ।

स्रोत:- उज्यालो 90 नेटवर्क