लमजुङको खुदी ६ थाकनमा शनिबार राति
कुटो प्रहार गरी एकल महिलाको हत्या भएको छ ।
सनिबार राति साँढे ११ बजेतिर स्थानिय ५२ बर्षिय
बुधकाशी गुरुङको हत्या भएको प्रहरीले जनाएको छ
। राति नै घटना भएपनि आइतबार दिउँसो मात्र
प्रहरीलाई जानकारी आएको र घटनास्थलमा
लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक
शम्भुप्रसाद ढकाल नेतृत्वको टोली पुगेर फर्किएको
छ ।
घटनामा संलग्न भएको आशंकामा पक्राउ गरिएको
मृतकका भदा पर्ने स्थानिय पुर्णबहादुर गुरुडले हत्या
गरेको स्विकारेका छन् । उनले रक्सी खान नदिएको
झोँकमा कुटो प्रहार गरेको प्रहरी समक्ष स्विकार
गरेका हुन् । घटनाको अनुसन्धान गर्न उनलाई आईतबार
नै हिरासतमा लिईएको प्रहरी निरिक्षक राजेन्द्र
अधिकारीले जानकारी दिनुभएको छ ।
सदरमुकाम बेसीशहरबाट गाडी र पैदल यात्रा गरी
तिन घण्टामा पुगिने थाकनमा घरमा एक्लै बस्दै
आएकी गुरुङको श्रीमान कालु गुरुङको दुई बर्ष अघि
नै निधन भएको थियो । उनका छोरा छोरी कोही
नभएको स्थानियबासीले बताएका छन् । घरबाट
बाहिर ननिस्किएपछि स्थानियबासीले उनको
हत्या भएको थाहा पाएर प्रहरीमा खबर गरेको
खुदी प्रहरी चौकीका ईन्चार्ज सई हरि थापाले
बताउनुभयो ।
घटनास्थलको मुचुल्का गरी पोष्टमार्टम गर्न शब
सदरमुकाम बेसीशहर स्थित जिल्ला सामुदायिक
अस्पतालमा ल्याईँएको छ ।
Monday, November 16, 2015
लमजुङको खुदी ६ थाकनमा एकल महिलाको हत्या
Sunday, October 11, 2015
केपि ओलि ३८औं प्रधानमन्त्री मा निर्बाचित
नयाँ प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका
अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली
निर्वाचित भएका छन्।
प्रधानमन्त्रीमा निर्वाचित हुन २ सय ९८
सांसदहरुको मत चाहिनेमा ओलीले ३ सय ३८ मत
पाएका छन्।
त्यसतै ५ सय ८७ सांसद संख्या मध्य नेपाली
कांग्रेसका सभापति सुशिल कोइरालाले २ सय ४९
मत पाए।
करिब तीन साता अघि जारी भएको नयाँ
संविधान अन्तर्गत नियुक्त हुने उनी पहिलो
प्रधानमन्त्री भएका छन्।
प्रक्रिया
अब उनले राष्ट्रपतिबाट शपथ लिएपछि आफ्नो
कार्यभार सम्हाल्नेछन्।
सहमतिमा सरकार निर्माण हुन नसकेपछि
राष्ट्रपतिको आह्वानमा शुक्रबारबाट बहुमतीय
प्रक्रिया सुरु भएको थियो।
नयाँ प्रधानमन्त्रीका लागि संसदले आह्वान गरेपछि
शनिबार दुई सत्ताधारी दलहरु नेपाली कांग्रेस र
नेकपा एमालेका दुई प्रमुखहरुले आफ्नो उम्मेद्वारी
दर्ता गराएका थिए।
अध्यक्ष ओलीलाई एकीकृत माओवादीका अध्यक्ष
प्रचण्डले प्रस्ताव गरेका थिए भने अर्को प्रतिपक्षी
दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन
गरेका थिए।
अनुरोध
त्यसबाहेक संविधान जारी गर्ने अन्तिम समयमा
बाहिरिएको मधेशी जनअधिकार फोरम
(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छ्दारले
एमाले र एकीकृत माओवादीसंग ८ बुँदे सहमति गर्दै
ओलीलाई समर्थन गरेका थिए।
ओलीलाई अन्य एक दर्जनभन्दा बढी साना दलहरुको
समर्थन रह्यो।
त्यस्तै प्रधानमन्त्री सुशील कोइरालालाई भने
असन्तुष्ट तराई केन्द्रीत दलहरुको समूह संयुक्त
लोकतान्त्रिक मधेशी मोर्चाले संसद सुरु हुनु केही
अघि सहयोग गर्ने निर्णय गरेको थियो।
आईतबार केही ढिला गरि सुरु भएको व्यवस्थापिका
संसदको बैठकमा प्रधानमन्त्रीका दुबै प्रत्यासीले
सम्बोधन गरेका थिए।
त्यही क्रममा ओलीले आफुहरुले अन्तिमसम्म पनि
कांग्रेसलाई सघाएको भन्दै विगतको सहमतिको
आधारमा प्रधानमन्त्री सुशील कोइरालालाई
आफ्तो तर्फबाट उम्मेदवारी फिर्ता लिएर आफुलाई
समर्थन गर्न आग्रह गरेका थिए।
उनले संसदमा बोल्दै भने, "मलाई मतदान गर्न सबै
सांसदहरुलाई अनुरोध गर्दछु, मतदान नगर्नेलाई
पश्चाताप हुनेछ, बाडुली लाग्नेछ।"
सहमति
उनलाई प्रस्ताव गरेका प्रचण्डले पनि कांग्रेसलाई
सबैले समर्थन गर्दै आएकोमा उसले अहिले एमालेलाई
नगरेको भन्दै आलोचना गरेका थिए।
प्रचण्डले यसरी कांग्रेसले सहयोग नगर्नु विडम्बनापूर्ण
भएको भन्दै त्यसमा दुख लागेको बताएका थिए।
त्यस्तै एमालेलाई राप्रपा नेपालले पनि समर्थन गरेको
थियो।
एमालेले राष्ट्रियताको सम्मान गर्दै तराईमा
देखिएको असन्तुष्टि हटाउन र नवनिर्माणमा
जुट्नेतर्फ लाग्ने विश्वासमा आफुले समर्थन गरेको
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताए।
संसदमा ओलीको समर्थन गर्ने बेला प्राय सबै
सांसदहरुले कांग्रेसलाई आफ्नो उम्मेदवारी फिर्ता
लिन र मिलेर जान आग्रह गरेका थिए।
तर शनिबारैदेखि आफ्नो उम्मेदवारी फिर्ता नलिने
बताउँदै आएको नेपाली कांग्रेसले आफ्नो अडान
कायम राखेको थियो।
संसदमा बोल्दै प्रधानमन्त्री कोइरालाले पदका
लागि आफु प्रधानमन्त्री हुन नचाहेको बताएका
थिए।
उनले भने, "केपी ओली प्रधानमन्त्री हुनुभयो भने पनि
म उहाँलाई सहयोग गर्नेछु। म त्यो प्रजातान्त्रिक
अभ्यासमा हुर्किँदै आएको हुँ।"
उनी बोले लगत्तै उनलाई प्रस्ताव गरेका शेरबहादुर
देउवा र समर्थन गरेका रामचन्द्र पौडेलले संसदमा
बोलेका थिए।
उनीहरुले जारी भएको नयाँ संविधानको
कार्यान्वयनका लागि कोइराला पुन:
प्रधानमन्त्रीमा उठ्न लागेको बताएका थिए।
चुनौति
नयाँ प्रधानमन्त्री केपी ओलीका सामु धेरै
चुनौतिहरु रहेको विश्लेषकहरु बताउँछन्।
तराई मधेशमा जारी आन्दोलनलाई सम्बोधन गर्नु
अनि महत्वपूर्ण छिमेकी भारतसंगको सम्बन्ध सुधार्नु
सबभन्दा ठूलो चुनौति देखिन्छ।
आन्दोलन र नाका अवरोधका कारण इन्धन लगायत
अत्यावश्यक वस्तुहरुको आपूर्तिमा देखिएको
कठिनाईको तत्काल सम्बोधन ओलीका निम्ति
अर्को ठूलो चुनौति रहनेछ।
स्रोत :- BBC नेपाली
Friday, August 7, 2015
पश्चिम नेपाल देखि भारतको नयाँदिल्ली सम्म ठूलो भुकम्प जानसक्ने खतरा
काठमाडौं, २२, श्रावन । १२ बैषाखको भूकम्पपछि
त्रासदीपूर्व जीवनयापन गरिरहेको नेपाली समाज
फेरी अर्काे ठुलो भूकम्पको त्रासमा परेको छ ।
पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको
भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने
खतरा बैज्ञानिकहरुले बताएपछि फेरी त्रासदी
फैलिएको हो ।
नयाँ तथ्याङ्कहरुले गत बैशाख महिनामा नेपालमा
गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित
सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ
सरेको बैज्ञानिकहरुले बताएका छन् ।
नेचर एण्ड साइन्स नामक जर्नलमा प्रकाशित
अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो
चेतावनी दिएका हुन्। तर उनीहरुले उक्त भूकम्प कुन
परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिँ भन्न
नसकिने बताए।
हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफूहरु
बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित
भईरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै
आवश्यक छ
ब्रिटेनको प्रतिष्ठित क्याम्ब्रिज
विश्वविद्यालयका प्राध्यापक जँ फिलिप
अवुआकले भने, ‘यस क्षेत्रमा ध्यान दिन जरुरी छ,
यदि आज भूकम्प आउने हो भने पश्चिम नेपालमा
मात्रै होईन, उत्तरी भारतको गङ्गा मैदानमा घना
बसोबासका कारण पनि ठूलो विध्वंश हुनसक्नेछ।’
बिबिसीका अनुसार गत वैशाखको भूकम्प भारतीय
प्लेट र युरोसियन प्लेट भनिने दुइ भौगर्भिक
क्षेत्रहरुबीच घर्षण हुँदा पैदा भएको हो। यो
निरन्तर भइरहने प्रक्रिया हो जहाँ हरेक वर्ष जमीन
दुइ सेन्टिमीटरले उत्तरतिर सरिरहेको हुन्छ।
वैज्ञानिकहरुका अनुसार गत बैशाख १२ मा गएको
भूकम्पले पृथ्वीमुनि सञ्चित तनावमध्ये केहीमात्रै
सतह बाहिर निकालेको थियो।
प्राध्यापक अवुआकले भने, ‘यदि सो भुइँचालोले
हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा
पारेको भए अझ ठूलो भूकम्प आउन सक्थ्यो।’
अनुसन्धानकर्ताहरु पृथ्वीको सतहमुनिको केही
तनाव पोखरादेखि पश्चिम तथा दिल्लीको
उत्तरतर्फ सरेको ठान्दछन्।
पश्चिम नेपाल तथा उत्तरी भारतको समथर
इलाकाका स्कूले छात्रछात्रहरुलाई भूकम्प आउँदा
कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय
भवनहरुलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान
जोगाउन सकिनेछ ।
हिमालयक्षेत्रमा सन् १५०५ मा ८.५ परिमाणको
महाभूकम्प आएको थियो।
हालै त्यता सरेको दबाबले गएको पाँचसय वर्षभन्दा
बढी समयदेखि त्यहाँ जम्मा भईरहेको तनावमाथि
थप दबाब थप्न सक्ने उनीहरु बताउँछन्।
‘अहिले हामी पश्चिम नेपालका बारे निकै
चिन्तित छौं,’ प्राध्यापक अवुआकले भने।
उनले नेतृत्व गरेको टोलीले त्यस क्षेत्रमा अरु बढी
अनुगमन गर्नुपर्ने जनाएको छ, यद्यपि अर्को
प्राकृतिक विपद् ठिक कहिले आउनेछ भनेर अनुमान
गर्नु असंभव नै छ।
‘हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु
बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित
भईरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै
आवश्यक छ,’ प्राध्यापक अवुआकले भने। उनले ठूला
भूकम्पहरु पनि थेग्नसक्ने ससाना घरहरु निर्माण गर्न
सुझाव दिए। नेपालमा गत वैशाखमा गएको
भूकम्पमा परी झण्डै नौ हजार जनाको ज्यान
गएको थियो भने हजारौं घाइते भएका थिए।
ब्रिटेनको ओपन युनिभर्सिटीसंग संबद्ध प्राध्यापक
डेभिड रथरीले भने, ‘पश्चिम नेपाल तथा उत्तरी
भारतको समथर इलाकाका स्कूले छात्रछात्रहरुलाई
भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर
तथा विद्यालय भवनहरुलाई भूकम्प प्रतिरोधी
बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ।’
अत्याधुनिक जीपीएस स्टेशनहरुबाट संकलन गरिएका
थप तथ्यांकहरुले गत वैशाखमा गएको भूकम्पबाट अरु
बढी क्षति हुनसक्ने देखाएको वैज्ञानिकहरु
बताउँछन्।
प्राध्यापक अवुआकले भने, ‘काठमाण्डौ नजिकै ७
दशमलव ८ म्याग्निच्युडको भूकम्प आयो भन्ने सुन्दा
त्यसबाट तीन देखि चारलाख मानिसहरुको ज्यान
गयो भन्ने समाचार सुन्न म तयार भएर बसेको थिएँ,
यो दुर्घटना हो, तर निकै घना जनसंख्या भएको
इलाकामा १०,००० भन्दा कम मानिसहरुको ज्यान
जानुलाई एउटा सानो संख्या नै मान्नु पर्दछ।’
गत वैशाखको भूकम्पले उच्च फ्रिक्वेन्सीको तरङ्गहरु
सिर्जना गरेको भए काठमाण्डौका साना
भवनहरुमा ठूलो क्षति पुग्न सक्ने थियो भनी
वैज्ञानिकहरु बताउँछन्।
सो भूकम्पमा पर्याप्त तनाव निष्काशन नभएको, बरु
जमीनमुनि जम्मा भएको तनाव पश्चिमतर्फ सरेकाले
अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरुले
बताएका छन ।
Thursday, July 23, 2015
लम्जुङ्ग मा बिकास बजेट १५ करोड ४६ लाख रुपैयाँ फ्रिज
लम्जुङ्ग, साउन (लम्जुङ्ग खबर)
भर्खरै सकिएको आर्थिक बर्ष २०७१÷०७२ मा लमजुङको विकास निर्माण लगायतका क्षेत्रमा आएको कुल बजेटबाट १५ करोड ४६ लाख रुपैयाँ फ्रिज भएको छ । बैशाख १२ गते गएको महाभुकम्पले बजेट खर्च तथा विकास निर्माणका काम तिब्र पार्न नसक्दा यत्तिका रकम फ्रिज भएको कार्यालयहरुले जनाएको छ । गत आर्र्थिक बर्ष लमजुङको विकास र समृद्धीका लागी दुई अर्ब ३८ करोड, ९५ लाख ५३ हजार रुपैयाँ बजेट आएको थियो ।
लमजुङमा रहेका सबै सरकारी कार्यालयमा गत बर्ष पुँजीगत तर्फ ३० करोड २८ लाख २९ हजार रुपैयाँ बजेट आएकोमा ८ करोड ४६ लाख रुपैयाँ फ्रिज भएको छ । जिल्लाको विकास निर्माण लगायत आम नागरिकले प्रत्यक्ष सेवा पाउने पुँजिगत खर्चबाट एक तिहाई बढी बजेट फ्रिज भएको हो । फ्रिज भएको रकम जिल्लाको मोटरबाटो लगायत पुर्वाधार विकासका रहेका छन् ।
यस्तै चालु तर्फ लमजुङमा गत आर्थिक बर्ष दुई अर्ब, ८ करोड ६७ लाख २४ हजार रुपैयाँ बजेट आएको थियो । उक्त बजेट जिल्लामा अनुदान तर्फका र सरकारी कार्यालयका निमित कार्यालय संचालन, कर्मचारीको तलब भत्ता लगायतमा खर्च हुने गर्छ । चालु तर्फको बजेटबाट सात करोड रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । फ्रिज भएको रकम दरबन्दी भएर पनि खाली रहेका कर्मचारीको तलब भत्ता, कार्यालय संचालनमा बाँकी रहेका रकम र सरकारले कार्यालयहरुमा पठाएको अनुदान तर्फका रकम रहेका छन् ।
लमजुङमा रहेका ३० वटा सरकारी कार्यालयबाट बर्षेनी करोडौँ रुपैँया विकास बजेट फ्रिज हुने गर्छ । पुर्वाधार विकासमा आएको बजेट कार्यान्वयन गर्न उपभोक्ता समितिमा हुने ढिलाई र राजनितिक दलहरुको विबादले आर्थिक बर्षको अन्त्यमा काम गर्नुपर्ने बाध्यता रहेको छ । जसका कारण जिल्लामा आएको बजेट उपलब्धीमुलक रुपमा खर्च हुन सकेको छैन ।
अघिल्ला आर्थिक बर्षहरुमा भन्दा यसबर्ष दोब्बर बजेट फ्रिज भएको बताईएको छ । बैशाख १२ गतेको भुकम्पका कारण बजेट धेरै बजेट फ्रिज भएको सरकारी कार्यालयका प्रमुखहरुको दाबी छ । तर गत बर्षको साउन देखि नै गर्नुपर्ने काम आर्थिक बर्षको अन्त्यमा आएर कार्यान्वयनमा जाँदा पुर्वाधार निर्माण उपलब्धीमुलक हुन नसक्ने र कागजमा मात्र सिमित हुने सर्वसाधरणको भनाई रहेको छ ।
स्रोत:- रेडियो मर्स्याङ्दी
Monday, July 20, 2015
हिन्दु राज्य माग गर्ने पक्राउ
दार्चुला, साउन ४ – संविधानको
मस्यौदामाथि सुझाव दिने कार्यक्रममा
हिन्दु राष्ट्रको माग गर्दै सहभागी हुन खोज्ने
१० जनालाई प्रहरीले पक्रेको छ । राप्रपा
नेपालका जिल्ला अध्यक्ष वीरसिंह बडाल,
अखण्ड नेपालका केन्द्रीय सदस्य रघुवीरसिंह
ठगुन्ना र राष्ट्रिय शिवसेना पार्टीका
जिल्ला अध्यक्ष रामसिंह कार्कीलगायत १०
जनालाई प्रहरीले पक्रेको हो ।
सुझाव संकलन कार्यक्रममा हुनसक्ने
नाराबाजी र विरोधलाई मध्यनजर गर्दै
उनीहरुलाई पक्राउ गरिएको प्रहरीले
जनाएको छ । कार्यक्रमस्थल सदरमुकाम
खलंगाको खुलामञ्च नजिकैबाट नियन्त्रणमा
लिइएकाहरुलाई सुझाव संकलन कार्यक्रम
सकिएपछि छाड्ने प्रहरीले जनाएको छ ।
स्रोत:- उज्यालो ९० नेटवर्क
Sunday, July 19, 2015
पुरानकोट भिरखण्डमा बम ब्लास्ट गरेर मोटर बाटो बनाईँदै, पुरानकोटबाट बाग्लुङपानी जोड्ने लक्ष्य
लमजुङ (लमजुङ्ग खबर)
बेसीशहरबाट पाउँदी, सत्रसय दुराडाँडा, बाख्रेजगत
पुरानकोट हुँदै बाग्लुङपानी घलेगाउँ भुजुङ हरित
सडकको पुरानकोट खण्डमा बम ब्लास्ट भईरहेको छ ।
उक्त सडकको निर्माण कार्य पुरानकोट
भिरखण्डमा पुगेर रोकिएपछि बम पड्काएर सडक
बनाउन लागिएको हो । बम ब्लास्ट गर्नका लागी
जिल्ला विकास समिति लमजुङले गत आर्थिक बर्ष
नै १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर
सुरक्षा समितिको निर्णय हुँदै गृहमन्त्रालयबाट बम
पड्काउन अनुमति दिन लामो प्रक्रिया पुरा गर्नुपर्ने
भएकाले ढिलाई भएको उपभोक्ता समितिले
जनाएको छ ।
बम पड्काउनका लागी नेपाली सेनाको पशुपति
प्रसाद गणले व्यवस्था मिलाएको छ । बेसीशहरबाट
पुरानकोटको बाटो हुँदै सिन्दुरे र बाग्लुङपानी
जोडिएपछि दुराडाँडा क्षेत्रको पर्यटकिय
विकासमा समेत टेवा पुग्ने स्थानियबासीले
बताएका छन् । भिरखण्डमा बम पड्काएर बाटो
खुलाउन नपुग बजेट जिविसले आगामी बर्ष उपलब्ध
गराउने प्रतिवद्धता जनाएको उपभोक्ता
समितिका अध्यक्ष बिर्खराज गुरुङले बताउनुभयो ।
यसै आर्थिक बर्षमा सोही सडकमा क्षेत्र नम्बर
दुईको निर्वाचन क्षेत्र पुर्वाधार विशेष
कार्यक्रमबाट आठ लाख र जिविसकै सात लाख गरी
१५ लाख रुपैयाँ खर्च गरेर भिरखण्ड भन्दा अन्य
स्थानमा ट्रयाक खोल्ने र मर्मत सुधारको काम
गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।
उक्त सडक निर्माण पुरा भएपछि बेसीशहरबाट
पुरानकोट हुँदै बाग्लुङपानी पुगेर घलेगाउँ एवं भुजुङ
जाने पर्यटक तथा यात्रुलाई सुविधा पुग्ने बताईएको
छ ।
Thursday, July 16, 2015
गर वा मर को सङ्घारमा नेपाल
काठमाडौं- लगातार दुई खेलमा खराब प्रदर्शन गरेको नेपाली क्रिकेट
टोलीले विश्व ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगितामा
शुक्रबार पपुवा न्युगिनी (पिएनजी) को सामना गर्नेछ।
अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुने
लक्ष्यसाथ आयरल्यान्ड पुगेको नेपालले चारमध्ये एक खेल जित्दै ३ अंकसाथ
समूह 'ए' को पाँचौं स्थानमा छ।
प्रतियोगितामा अघि बढ्न नेपाललाई बाँकी खेल जित्नैपर्ने दबाव छ।
पिएनजी र जर्सीसँग हुने खेल डब्लिनमा हुनेछ।
यसअघिका खेल सबै खेल नेपालले बेलफास्टमा खेलेको थियो।
तीनमध्ये दुईमा जित निकालेको पिएनजी ५ अंक लिएर
दोस्रो स्थानमा छ।
अमेरिकालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको
नेपालको दोस्रो खेल वर्षाले रोकिएपछि नामिबियासँग अंक बाँड्नुपरेको थियो। तेस्रो
खेलमा सहआयोजक आयरल्यान्डका बलरसामु नेपाली ब्याट्सम्यान
निरीह बन्दा टोलीले लज्जास्पद हार बेहोरेको थियो।
आयरल्यान्डसँग टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अहिलेसम्मकै कम
स्कोरमा समेटियो। नेपालले १४.३ ओभरमा ५३ रनमा जोड्यो। जवाफमा घरेलु
टोलीले ८ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
आयरल्यान्डसँगको खराब ब्याटिङले हङकङविरुद्धको खेलमा पनि निरन्तरता
पाउँदा नेपालको विश्वकप छनोट यात्रा कठिन मोडमा पुगेको हो। अग्रपंक्तिका
ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानले
नेपालको इनिङ उकास्ने प्रयत्न गरेका थिए। तर, त्यो जितका लागि पर्याप्त
भएन। नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले ५ विकेटमा ५
बलअघि पूरा गरेको थियो।
अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा नेपाल र पिएनजीको
खेल बराबरीको स्थितिमा छ। दुईमध्ये नेपालले एकमा जित र एकमा
हार सामना गरेको छ।
युएईमा भएको २०१२ को ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल ३५
रनले पराजित भएको थियो। २०१३ मा युएईमै भएको छनोट प्रतियोगितामा
पिएनजीलाई ७ विकेटले हराएको नेपालले प्रतियोगितामा तेस्रो हुँदै
विश्वकपका लागि बंगलादेश यात्रा तय गरेको थियो। उक्त खेलमा अविजित ५१ रन
बनाएर नायक बनेका विनोद भण्डारी जारी प्रतियोगितामा
टोलीमा पर्न संघर्ष गरिरहेका छन् भने ३८ रन प्रहार गरेका
सुवास खकुरेलको हालत पनि त्यो भन्दा माथिको छैन। त्यस्तै उक्त खेलमा
तीन विकेट लिएका कप्तान पारस खड्काले प्रतियोगितामा अहिलेसम्म
एक विकेटमात्र लिएका छन्।
बुधबारै प्रतियोगिताकै प्रमुख दाबेदार मानिएको आयोजक आयरल्यान्डलाई २
विकेटले हराउँदै पिएनजीले आफ्नो दरिलो उपस्थिति देखाइसकेको छ।
त्यसअघि हङकङविरुद्धको खेल वर्षाले प्रभावित भएर अंक बाँडे पनि
पिएनजीले जर्सीलाई २४ रनले हराएको थियो।
जारी प्रतियोगितामा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले
सबैभन्दा धेरै ५४ र शरद भेषावकरले ३५ रन बनाएका छन्। बलिङतर्फ भने
नेपाल स्पिनरकै भर पर्नुपरेको छ। अनुभवी बलर वसन्त
रेग्मीले ७ विकेट लिइसकेका छन् भने शक्ति गौचनको नाममा
तीन विकेट छ। त्यस्तै तीब्र गतिका सोमपाल
कामीले ५ विकेट लिएका छन्।
स्रोत:- नागरिक न्युज
Sunday, July 12, 2015
नेपाल र आयरल्यान्ड बिच आज खेल हुने
काठमाडौं, असार २८ – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा सोमबार आयोजक आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार बेलुका सात बजेपछि आयरल्याण्डको बेलफस्टमा हुनेछ । समुह एमा रहेका नेपाल र आयरल्याण्ड दुवै सोमबारको खेलमा जित निकाल्दै आफूलाई समुहको शीर्ष स्थानमा राख्ने दाउका साथ मैदान उत्रने छन् ।
दुई खेलबाट ४ अंक जोडेको आयरल्याण्ड अहिले समुहको शीर्ष स्थानमा छ भने दुई खेलबाट ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । आयरल्याण्डले आइतबार भएको दोस्रो खेलमा अमेरिकालाई ४६ रनले हराउँदै पहिलो स्थानमा उक्लिएको हो । आयरल्याण्डले पहिलो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो । नेपालले भने पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबियासँगको दोस्रो खेल वर्षाका कारण प्रभावित भएपछि नेपालले नामिबियासँग अंक बाँडेको थियो ।
#स्रोत :- उज्यालो
वाणिज्य बैंकको बेशिसहर शाखाबाट दिउँसै ५० हजार रुपैयाँ लुटियो
असार–२७, लमजुङ ।
लमजुङस्थितराष्ट्रिय वाणिज्य बैंकको बेशिसहर शाखाबाट दिउँसै ५० हजार रुपैयाँ लुटिएको छ। बैंकबाट रकम झिक्न आएका मेघनाथ घिमिरेको साथबाट ५० हजार रुपैया लुटिएको हो। साही जिल्लाको श्रीमञ्ज्याङ गाविसका सचिव रहका घिमिरे बैंक कक्षबाटै लुटिएको जनाइएको छ ।
लुटेराहरु फरार रहेकाले खोजी कार्य भइरहेको
प्रहरीले जनाएको छ ।
~~लमजुङ्ग खबर
Friday, July 10, 2015
ट्वेन्टी–ट्वेन्टी विश्वकपको छनोट प्रतियोगिताकाे अाफ्नाे पहिलाे खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित
काठमाडौं, असार २५ - ट्वेन्टी–ट्वेन्टी विश्वकपको
छनोट प्रतियोगिताकाे अाफ्नाे पहिलाे खेलमा नेपालले अमेरिकालाई ६ विकेटले
हराएको छ । नेपालले जितका लागि २० ओभरमा १ सय २२ रनकाे लक्ष्य
पाएकाे थियो । नेपालले १९ ओभर ४ बल खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य पूरा
गर्यो । नेपालका जितमा ज्ञानेन्द्र मल्लले ५२ रन र अनिल मण्डलले २९
रनको याेगदान गरे । टस जितेर पहिले ब्याटिङ्ग गरेकाे अमेरिकाले
निर्धारीत २० अाेभरमा अल अाउट हुँदै १ सय २१ रन बनायाे ।
अमेरिकालाई कम याेगफलमा समेट्नका लागि शक्ति गाैचन र बसन्त रेग्मिले समान
३-३ विकेट लिए । साेमपाल कामीले २ र सागर पुनले १ विकेट लिदाँ
एक जना ब्याट्सम्यान रन अाउट भए ।
अमेरिकालाई झिनाे याेगफलमा समेट्नका लागि शक्ति गाैचन र बसन्त रेग्मिले समान
३३ विकेट लिए । साेमपाल कामीले २ र सागर पुनले १ विकेट लिदाँ एक
जना ब्याट्सम्यान रन अाउट भए ।
स्रोत:- उज्यालो 90 नेटवर्क