लमजुङ्ग,) समाजसेवी तथा कराते खेलाडी सुस्मिता तामाङले लमजुङको विकट गाविस बिचौरमा भूकम्पपीडितहरुलाई टेन्ट वितरण गरेकी छिन । उक्त गाविसस्थित बागेश्वर माविका छात्रछात्राहरुलाई स्वीटर र स्कूल पोशाक समेत वितरण गरिएको उनले बताइन ।
उनले बुबा गंगाबहादुर तामाङको निधन भएको ४९ दिन पारेर भूकम्पपीडितहरुलाई सहयोग उपलब्ध
गराएकी हुन । इन्डियन आर्मी रहेका गंगाबहादुरको हृदयघातका कारण असोज २२ गते निधन भएको
थियो ।
समाज परिवर्तन आफैँबाट गर्नुपर्ने बताउँदै उनले अनाथ, अपाङग तथा वृद्धवृद्धाहरुलाई निरन्तर सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत जनाइन । उनले विगत ९ वर्षदेखि समाजसेवा गर्दै आएकी छिन ।
समाजमा भएको विकृतिलाई चिर्दै समाज रुपान्तरणमा लागिरहने उनले बताइन । ‘म खेलाडी भएपनि खेलसँगै
समाजसेवालाई पनि निरन्तरता दिन चाहन्छु’ उनले भनिन ‘जो जति नै धनी भएपनि मर्दा केही पनि लादैन
। त्यसले हुनेले नहुनेलाई सहयोग गर्नैपर्छ ।’
सहयोग सामाग्री बुझ्दै माविका प्र.अ. रामेश्वर न्यौपानेले भूकम्प गएको लामो समयसम्मपनि कसैले सहयोग
नगरेको अवस्थामा तामाङले सहयोग गरेको भन्दै आभार प्रकट गरे । आफ्ना विद्यार्थी पाइटल, वकिल, डाक्टर भएपनि कसैलेपनि फर्केर नहेरेपनि तामाङले सहयोग उपलम्ध गराउने न्यौपानेले बताए । गहभरी आँशु पार्दै प्र.अ न्यौपानेसहित शिक्षक, शिक्षिका र
विद्यार्थीहरुले तामाङलाई सम्मान समेत गरेका थिए ।
No comments:
Post a Comment