Tuesday, March 15, 2016

गोरखाको भच्चेक र बाह्रपाकमा इन्टरनेट सेवा सुचारु

चैत्र (गोरखा) ,वैशाखमा गएको ‘गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक गाउँ र हंसपुरस्थित भच्चेकमा इन्टरनेट सेवा सुरु भएको छ। सो दुर्गम भेगमा हालै इन्टरनेट पुगेपछि स्थानीयवासी खुसी भएका छन्।

तारविहीन इन्टरनेट सञ्चालन गरेर अन्तर्राष्ट्रिय
म्यागासेसे पुरस्कारबाट पुरस्कृत भइसकेका महावीर
पुनको सक्रियतामा बारपाक र भच्चेकमा इन्टरनेट सेवा पुगेको हो। करिब ९५ लाख रुपैयाँको लगानीमा ती गाउँमा इन्टरनेट विस्तार गरिएको हो। इन्टरनेट सोसाइटी नामक विदेशी संस्थासँगको सहकार्यमा पुनले दुर्गम भेगमा इन्टरनेटको पहुँच पुर्याएका हुन्। अन्य गाउँ, क्षेत्रमा पनि इन्टरनेटको माग भएमा लगानी वृद्धि गरेर सेवा दिन सकिने पुनले बताए।
बारपाक र भच्चेकमा दुई/दुईजना प्राविधिकले इन्टरनेट जडानको काम गरेका हुन्। “दुबै गाउँमा इन्टरनेट सेवा सुरु भयो”, प्राविधिक सूर्य सुवेदीले भने, “गाउँलेले मोबाइल र कम्प्युटरबाट इन्टरनेटको सुविधा लिइरहेका छन्।” विशेषगरी विद्यालय क्षेत्रमा र घरघरमा इन्टरनेटको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ।
गत पुस महिनादेखि यी क्षेत्रमा इन्टरनेट जडानको
प्राविधिक काम सुरु भएको थियो। माघको पहिलो साताभित्र इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी गरेपनि
नाकाबन्दीले गर्दा सामान खरिद र ढुवानी गर्न नसक्दा ढिलाइ भएको पुनले बताए। अझै केही ब्याट्रीको ढुवानी गर्ने काम बाँकी छ। सदरमुकामको सतिपिपल डाँडाबाट सर्भर मार्फत इन्टरनेटको तरङ्ग फालिएको छ। पहिलोपटक भच्चेकमा इन्टरनेट चलेको हो।

बारपाकमा यसअघि पनि इन्टरनेट सेवा थियो तर
प्रभावकारी थिएन। इन्टरनेट चलेपछि स्थानीयवासी सामाजिक सञ्जालका साथै अनलाइन समाचार पढेर तत्कालै खबर थाहा पाउँदा खुसी भएको भच्चेकका जितबहादुर गुरुङले बताए। पुनले बारपाक, भच्चेकका साथै भूकम्पपीडित अर्को जिल्ला सिन्धुपाल्चोकमा पनि इन्टरट जडानको काम गरेका छन्। पुनको सक्रियतामा दुई बर्षअघि मनास्लु पदमार्गको केही ठाउँमा जडान गरिएको इन्टरनेट अहिले पनि सञ्चालनमा छ। रासस

No comments:

Post a Comment