चैत्र २ (लमजुङ):-भौगोलिक दृस्टिले अति कठिन तथा दुर रहेको लम्जुङ्को बिचौर गा.बि.स. बाट येहि चैत्र १ गते बाट सार्बजनिक बस सन्चालनमा आएको छ। गत बर्ष पनि सञ्चालन को प्रयास गरे पनि बाटो को दुराबस्था ले गर्दा सञ्चालन हुन सकेको थिएन। सिधा बस सञ्चालन भए संगै स्थानिय बासिन्दा हर्षित भएका छन।
बिचौर बाट अब दैनिक २ वटा बस छुट्ने र २ वटा प्रबेश गर्ने छन। एउटा बस गोरखा सदरमुकाम गोर्खा को लागि र एउटा राजधानी काठमाण्डौं को लागि छुट्ने छ।
अझै पनि बाटोको अबस्था दयनिय रहेको भन्दै सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने कुरामा स्थानिय अगुवा तथा बासिन्दा जोड दिन्छन। यस क्षेत्रको बिकाश मा सम्बन्धित निकायको ध्यान पुगोस।
तस्बिर:- साभार
No comments:
Post a Comment