लमजुङ (बिचौर) गत कार्तिक २२ गते घाँस काट्ने क्रममा रुखबाट लडेर दुवै हात भाँचिएका लम्जुङ्गका १३ वर्षे वालक आइते गुरुङले उपचारमा सहयोग पाउने भएका छन्। लम्जुङ्ग स्थायी बसोबास भई हाल अध्ययनका क्रममा अष्ट्रेलिया रहेका विद्यार्थी विकास मरहठ्ठाको पहलमा गुरुङले सहयोग पाउन लागेका हुन्।

विकास मरहठ्ठा
बुवा-आमा दुवै प्रष्ट बोल्न नसक्ने गरिव परिवारका गुरुङ, आमा-बुवालाई घरायसी काममा सघाउन घाँस काट्नका लागि रुखमा छाडेका बेला उक्त दुर्घटना हुन पुगेको बताइएको छ। नेपाल रिपोर्टस सँग कुरा गर्दै परोपकारी विकाशले बालक गुरुङ स्थानीय वागेश्वरी स्कूलमा कक्षा ५ मा अध्यनरत रहेको बताए।
लम्जुङ्ग जिल्ला बिचौर गाविस निवासी गुरुङको परिवार अत्यन्तै विपन्न रहेकोले सहयोग गरिदिन अनुरोध गर्दै बिचौर गाविसले अपिल गरेपछि विकाशले सहयोग रकम संकलन गरेका हुन्। ८ महिना अगाडी विद्यार्थी भिसामा अष्ट्रेलिया भित्रिएका विकाश सिड्नी मा अध्यानरत छन्। करिव ३० जना सँग सहयोग मागेर उठेको ५०,००० नेपाली रुपैंया विकाशले गुरुङलाई पठाइसकेका छन्। हाल बेसीसहरमा उपचार गराइरहेका गुरुङको उपचारका लागि थप सहयोग गर्न चाहने व्यक्तिले विकाशलाई उनको नम्बर +६१०४०४२९९४४४ मा सम्पर्क गर्न सक्ने उनले बताए।
source :- Nepal Reports
No comments:
Post a Comment