लमजुङमा आठवटा केन्द्र रहनेगरी पुनसंरचना गरीएको छ । स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको दोस्रो पटक प्राप्त कार्यशर्त र कार्यविधि अनुरुप बैकल्पीक प्रस्ताब समेत केन्द्रमा पठाएको छ ।
दोस्रो पटक गरीएको मुख्य प्रस्ताबमा लमजुङमा ३ वटा नगरपालिका र ५ वटा गाउँपालिका प्रस्ताब गरीएको छ । ११ वडा रहने बेसीशहर केन्द्र रहनेगरी बेसीशहर नगरपालिका, ९ वटा वडा समेटेर सुन्दरबजार केन्द्र रहने गरी सुन्दरबजार नगरपालिका, १२ वडा समेटिएको भोर्लेटार केन्द्र रहने गरी मध्यनेपाल नगरपालिका, ८ वडा समेटिएको ङादी केन्द्र रहने गरी मस्र्याङ्दी गाउँपालिका, ११ वडा समेटिएको नौथरशेरा केन्द्र रहने गरी दोर्दी गाउँपालिका, ९ वडा समेट्ने गरी मालिङ केन्द्र रहेको क्व्होलासोथार गाउँपालिका, ९ वडा समेटेर तीनपिप्ले केन्द्र रहने गरी राइनास गाउँपालिका र ७ वडा समेटेर गौडा केन्द्र रहने गरी दुधपोखरी गाउँपालिका प्रस्ताव गरिएको हो ।

यस्तै वैकलिप्क प्रस्तावमा १३ वडा समेटेर बेसीशहर केन्द्र रहने गरी बेसीशहर नगरपालिका, १२ वडा समेटेर सुन्दरबजार केन्द्र रहने गरी दुराडाँडा नगरपालिका, ९ वडा समेटेर गरी भोर्लेटार केन्द्र रहने गरी मध्यनेपाल नगरपालिका, ९ वडा समेटेर खुदी केन्द्र रहने गरी मस्र्याङ्दी गाउँपालिका, ८ वडा समेटेर नौथरशेरा केन्द्र रहने गरी दोर्दी गाउँपालिका, ७ वडा समेटेर जोर्नी केन्द्र रहने गरी दुधपोखरी गाउँपालिका, ९ वडा समेटेर तीनपिप्ले केन्द्र रहने गरी राइनास गाउँपालिका र ९ वडा समेटेर मालिङ केन्द्र रहने गरी क्होलासोथर गाउँपालिका प्रस्ताव गरिएको छ ।
मुख्य प्रस्तावित तह अन्तर्गत बेसीशहर नगरपालिकामा बेसीशहर केन्द्र रहने गरी साविकको वडा नं. १ देखी १८ सम्म, बागलुङपानी गाविसको ३, ४, ७, ८ र ९ नंंं वडा, बाझाखेतका सबै वडा र हिलेटक्सारको ९ नं. वडा समेटिने भएको छ । जस्को कुल जनसंख्या ३७ हजार ४ सय ७९ रहेको छ ।
त्यस्तै सुन्दरबजार नगरपालिकामा सुन्दरबजार केन्द्र रहने गरी साविकको १ देखी १४ नंं वडा, चन्द्रश्वर र दुराडाँडा गाविस सबै समेट्न गरी प्रस्ताव तय गरीएको छ । यस्तै मस्र्याङ्दी गाउँपालिकामा ङादी केन्द्र रहने गरी घनपोखरा गाविसको १ देखी ९ नं. वडा, खुदी, ताघ्रिङ, घेर्मु र बाहुनडाँडाका सबै वडा र भुलभुले गाविसको १ देखी ९ नं. वडा समेट्ने गरी प्रस्ताव गरिएको छ ।
यस्तै दार्दी गाउँपालिका अन्तर्गत नौथरसेरा केन्द्र रहने गरी भारते, अर्चलबोट, श्रीमञ्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी र बन्सार गाविसका सबै वडा, हिलेटक्सार गाविसको १ देखी ८ नं. वडा र चिति गाविसको १ देखी ९ नं. वडा समेट्ने गरी प्रस्ताव गरिएको छ ।
यस्तैगरी क्होलासोथर गाउँपालिकाको केन्द्र मालिङ रहने गरी मालिङ, उत्तकन्या, भुजुङ, गिलुङ, पसगाउँ, भोजे गाविसका सबै वडा र बाग्लुङपानी गाविसको १, २, ५ र ६ वडा समेट्ने गरी प्रस्ताव गरिएको छ । यस्तै राइनास गाउँपालिकाको केन्द्र तीनपिप्ले रहने गरी राईनास नगरपालिकाको १ देखी १० र १३ नंं १४ नं. वडालाई समेटेर प्रस्ताव गरिएको छ । यस्तै दुधपोखरी गाउँपालिकाको केन्द्र गौडा रहने गरी दुधपोखरी, विचौर, कोल्की, गौडा, इलमपोखरी गाविस र राइनास नपाको ११ र १२ वडा समेट्ने गरी प्रस्ताव गरिएको स्थानीय बिकास अधिकारी शेखर पौड्यालले जानकारी दिए ।