Monday, December 26, 2016

लमजुङमा एमाले र माओबादी बाट ओइरिए काङ्ग्रेसमा

बिचौर । नेपाली काँग्रेस बिचौर, ईलमपोखरी र दुधपोखरी गाउँ कार्य समितिको संयुक्त आयोजनामा बिचौरमा भएको संगठन सुदृढीकरण एबं बनभोज कार्यक्रममा सय भन्दा बढी ब्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका छन् । एमाले र माओवादीकेन्द्रमा आबद्ध रहेका थुप्रै ब्यक्ति र स्वतन्त्र रहेका ब्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

 नेपाली काँग्रेस प्रबेश गर्नेहरुमा सबैभन्दा बढी बिचौर गाबिसका रहेका छन् । बिचौरबाट तारानाथ पौडल, अमर गुरुङ, राजेन्द्र मरहट्टा, लेख गिरी, उत्तम मरहट्टा, डोलनाथ मरहट्टा, बिमला मरहट्टा, सीता मरहट्टा, तुलसी मरहट्टा, शुशील मरहट्टा, खेमनाथ मरहट्टा, हरी न्यौपाने, शुशील न्यौपाने, राजु परियार, सीता अधिकारी, कृष्णप्रसाद मरहट्टा, जितबहादुर गुरुङ काँग्रेसमा प्रवेश गरेका हुन् । उनिहरुलाई काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल लागयतका अतिथिहरुले माला र अबिर लगाएर काँग्रेसमा स्वागत गरेका थिए ।

 काँग्रेसमा प्रवेश गर्नेहरुमा बिचौर–६ का बीरबहादुर भुजेल, भवानी न्यौपाने, कालीका दवाडी रहेका छन् । त्यस्तै बिचौर–९ का तुलाराज घले, सन्तला तामाङ, होमराज घले, सुवास घले, गुणराज घले, सुरज घले, सनमाँया घले लगायत ४५ जना रहेका छन् । त्यस्तै दुधपोखरीमा अर्पण गुरुङ, बिशाल गुरुङ, बालसिहं गुरुङ, बेलमान गुरुङ लागयतका १५ जना यूवाहरुले काँग्रेसको सदस्यता लिएका छन् । 

 साथै ईलमपोखरीका सुनिल गुरुङ, सिम्रन गुरुङ, भिमबहादुर गुरुङ, बिजयमान घले, रबिन गुरुङ लगायत २५ जना यूवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै स्वतन्त्र बस्नुभएका कृष्ण मरहट्टा, माधव न्यौपाने लगायतका ७ जना ब्यक्तिले पनि अब काँग्रेसकै राजनीतिमा आस्था राख्ने उद्घोष गरे।

 ईलमपोखरी, बिचौर, दुधपोखरी र छिमेकी जिल्ला गोरखाको हंशपुरका काँग्रेसका कार्यकर्ताको बाक्लो भेलालाई सम्बोधन गर्दै काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले काँग्रेस लमजुङको अबको ध्यान आर्थिक बिकासमा रहेको बताए । हामी मुलुकका हरेक कालखण्डमा राजनैतिक अभियानको नेतृत्व गर्दै आयौं उनले भने , ‘ अब आर्थिक अभियानको नेतृत्व पनि काँग्रेसले गर्छ ।’ उनले अबको पाँच बर्षभित्रमा महशुश गर्नेगरी बिकासका योजना ल्याउने बताए ।

 नेपाली काँग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठले नेपाली काँग्रेसले कहिल्यै भम्रको खेती नगर्ने हुनाले नेपाली काँग्रेसलाई सदैब साथ मिलेको बताए ।

Saturday, December 10, 2016

तपाईंको थर यसरी रहन गयो:- पूरा पढ्नुहोस।

लमजुङ खबर,(मार्ग):- खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस्

सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्मा्धिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा

कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू
जुम्ला

गाउँ– थर
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा

अछाम
तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
घमिराउँ– घिमिरे
देवकोट– देवकोटा
ढुङ्ग्रानी– ढुङ्गाना
ढाँकु– ढकाल
बजगाउँ– बजगाई
रिमा– रिमाल, रसाईली
स्वाँरा– स्वार
घोडासैन– घोडासैनी
पुरासैन– पुडासैनी
धमाली– धमला
दर्ना– दर्नाल
कुइका– कुइँकेल,
चाल्सा– चालिसे
बारला–बराल
लामिसाल– लम्साल

बझाङ
रेगम– रेग्मी
सोत– सोती
खार– खरेल, खराल
सुवाडा–सुबेडा, सुवेदी
बयाना– बनियाँ, बानियाँ

बाजुरा
जमकट्टी– जमरकट्टेल
छाती– छन्त्याल
कुँडी– कुड्याल
बेलकाटे– केलकाटिया
खातिवाडा– खाती
बैतडी
गाजरी– गजुरेल

डोटी
डोटेखेला– डोटेल
निरौली– निरौला
ओझाना– ओझा
बोगटान– बोगटी
मुडभरा–मुडभरी

मुगु
खनाया– खनाल
कालैगाउँ– कल्यान
खत्याड– खतिवडा

दैलेख
लामाछान्नी–लामिछाने
बाँस्कोट–बास्कोटा
बाँस्तोली–बास्तोला
सातला– सत्याल
लुयाटी–लुईटेल
चापागाउँ– चापागाईं
नेपा–नेपाल
रिजु्– रिजाल
पोखर– पोखरेल
लम्सु– लम्साल
लम्जी– लम्जेल
दह– दाहाल, दहाल
गैह्रा–गैह्रे, गैरे
भूर्ति– भूर्तेल
पराजुल–पराजुली
कोइराली–कोइराला
दवाडा– दवाडी
कट्टील–कट्टेल
भुषाकोट– भुषाल
सुइय–सुञेल
वड–वडाल
मोडासैन–मरासैनी,मरासिनी
गुरगाउँ– गुरागाईं

कालिकोट
खिट्किसैन– खिर्सिने
भुतौ– भुर्तेल
राँचु– रुचाल
गेला–गेलाल
वञ्जाडा–वञ्जाडे
बाँझकोट–बाझकोटा

रुकुम
सर्पुकोट–सापकोटा

दाङ
रजौरा– रजौरिया