लमजुङ ६ जेठ
दक्षिण पश्चिम लमजुङको मध्य नेपाल नगरपालिका स्थित तान्द्राङ टक्सार र जिताको विचमा पर्ने तारेभिरमा आज साँझ यात्रु बहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र कम्तिमा १२ जना यात्रु घाईते भएको प्रहरी चौकी सोतिपसलका प्रमुख असई जितबहादुर थापाले
जानकारी दिए । बसमा कतिजना यात्रु चढेका थिए भन्ने बारे अझै एकिन हुन नसकेको र घाईतेको अवस्था चिन्ताजनक रहेको उनले बताए । दुर्घटनामा मृत्यु भएकाहरुको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
तनहुँको सदरमुकाम दमौलीबाट जिताकोट जाँदै गएको ना ६ ख ४१३६ नम्बरको उक्त सवारी साधान भिरबाट झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा घाईतेको उद्धार गर्न पुगेका स्थानिय रामनाथ पौडेलका अनुसार बस पुर्ण रुपमा क्षेतिग्रस्त बनेको छ । उक्त सवारी सहचालकले चलाएका कारण दुर्घटना भएको घाईते यात्रुले प्रहरीलाई बताएका छन् । सवारीका चालक सुरज विक भने फरार रहेका छन् ।
Thursday, May 19, 2016
जितामा बस दुर्घटना, ९ को मृत्यु
Subscribe to:
Comments (Atom)