Monday, November 16, 2015

लमजुङको खुदी ६ थाकनमा एकल महिलाको हत्या

लमजुङको खुदी ६ थाकनमा शनिबार राति
कुटो प्रहार गरी एकल महिलाको हत्या भएको छ ।
सनिबार राति साँढे ११ बजेतिर स्थानिय ५२ बर्षिय
बुधकाशी गुरुङको हत्या भएको प्रहरीले जनाएको छ
। राति नै घटना भएपनि आइतबार दिउँसो मात्र
प्रहरीलाई जानकारी आएको र घटनास्थलमा
लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक
शम्भुप्रसाद ढकाल नेतृत्वको टोली पुगेर फर्किएको
छ ।
घटनामा संलग्न भएको आशंकामा पक्राउ गरिएको
मृतकका भदा पर्ने स्थानिय पुर्णबहादुर गुरुडले हत्या
गरेको स्विकारेका छन् । उनले रक्सी खान नदिएको
झोँकमा कुटो प्रहार गरेको प्रहरी समक्ष स्विकार
गरेका हुन् । घटनाको अनुसन्धान गर्न उनलाई आईतबार
नै हिरासतमा लिईएको प्रहरी निरिक्षक राजेन्द्र
अधिकारीले जानकारी दिनुभएको छ ।
सदरमुकाम बेसीशहरबाट गाडी र पैदल यात्रा गरी
तिन घण्टामा पुगिने थाकनमा घरमा एक्लै बस्दै
आएकी गुरुङको श्रीमान कालु गुरुङको दुई बर्ष अघि
नै निधन भएको थियो । उनका छोरा छोरी कोही
नभएको स्थानियबासीले बताएका छन् । घरबाट
बाहिर ननिस्किएपछि स्थानियबासीले उनको
हत्या भएको थाहा पाएर प्रहरीमा खबर गरेको
खुदी प्रहरी चौकीका ईन्चार्ज सई हरि थापाले
बताउनुभयो ।
घटनास्थलको मुचुल्का गरी पोष्टमार्टम गर्न शब
सदरमुकाम बेसीशहर स्थित जिल्ला सामुदायिक
अस्पतालमा ल्याईँएको छ ।